शनिबार, भाद्र २७ गते २०८३
images

बृहत पोषण विशेषल प्याकेज क्षमता अभिबृद्बि सम्बन्धि ७ दिने तालिम सम्मपन्न

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 298
    SHARES
  • बृहत पोषण विशेषल प्याकेज क्षमता अभिबृद्बि सम्बन्धि ७ दिने तालिम सम्मपन्न

    पाँचपोखरी थाङ्पाल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मिहरुको लागी बृहत पोषण विशेषल प्याकेज क्षमता अभिबृद्बि सम्बन्धि ७ दिने तालिम २०७९ माघ १८ गते देखी २०७९ फागुन २ गते सम्म गाउँपालिका स्थित तिपेनिमा रहेको सामुदायिक भवनमा सम्मपन्न भएको छ ।
              
    गाउँपालिका अन्तर्गतको बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै स्वास्थ्यकर्मिहरुलाई सहभागी गराउने उद्बेश्यले संचालित तालिम कार्यक्रम २ समुहमा संचालन गरिएको थियो । जसमा पहिलो समुह २०७९ माघ १८ देखी २४ सम्म २० जना र दोस्रो समुह २०७९ माघ २५ गते देखी फागुन २ गते सम्म २० जना स्वास्थ्यकर्मिहरु को सहभागिता रहेको थियो ।

    images

    No description available.
                            
    पहिलो समुहको कार्यक्रमको सुरुवात माघ १८ गते  गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी र समापन माघ २४ गते गा.पा.समाजिक बिकास समिति संयोजक काले गोले को अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो समुहको सुरुवात माघ २५ गते र समापन फागुन २ गते समाजिक बिकास समिति संयोजक काले गोले को अध्यक्षतामा भएको थियो ।
                 
    तालिम कार्यक्रममा गाउँपालिका अन्तर्गतको ८ वटा स्वास्थ्य चौकी,३ वटा सामुदायिक स्वास्थ्य इकाई,पाँचपोखरी प्रथमिक अस्पताल मा कार्यरत स्वास्थ्यकर्मिहरु र बिद्यालय नर्सहरुको सहभागिता रहेको थियो । 

    No description available.
                
    तालिम कार्यक्रमको सहजिकरण पोषण अधिकृत अनिल अधिकारी र स्वास्थ्य शाखा प्रमुख आत्माराम धिताल ले गर्नुभएको थियो । साथै स्वास्थ्यकर्मिहरुको लागी तालिम सम्पन्न भए पश्चात गाउँपलालिका अन्तर्गत बिभिन्न वडाहरुमा कार्यरत सहिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाहरुको लागी ३ दिनको तालिम बिभिन्न समुहमा संचालन गरिने छ ।

    images

    यसै गरी सबै स्वास्थ्यकर्मी र म सा स्वा स्वयं सेबिकाहरुको लागी तालिम संचालन भए पश्चात सबै स्वास्थ्य संस्थाहरु तथा समुदायमा पोषण सम्बन्धि परामर्श,कुपोषणको पहिचाल,बर्गिकरण,उपचार एवं आवश्यकता अनुसार प्रेषण गर्ने र पोषण कार्यक्रमको तोकिएको ढाँचामा रेकर्डिङ र रिपोर्टिङ गर्ने कार्यमा एकरुपता कायम हुने अपेक्षा लिईएको छ ।

    No description available.