बुधबार, भाद्र २४ गते २०८३
images

आर्मीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 256
    SHARES
  • आर्मीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

    काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ को अन्तिमम चारमा स्थान बनाउन सफल भएको छ ।

    images

    विहीबार हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनमाल स्थान बनाउन सफल भएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।

    टाइब्रेकरमा एपीएफका लागि नवीन लामा, सुदिप सिख्राकाार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए । आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।

    images

    खेलको म्यान अफ दी म्याच सशस्त्रका गोलरक्षक राजु घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् । शुक्रबार आयोजकको मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल