बुधबार, भाद्र २४ गते २०८३
images

लिभरपुलको मैदानमा रियलको सानदार जित

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 260
    SHARES
  • लिभरपुलको मैदानमा रियलको सानदार जित

    काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिमा १६ को पहिलो लेगमा साविको विजेता रियल म्याड्रिडले लिभरपुललाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

    images

    मंगलबार राति भएको खेलमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा रियल म्याड्रिडले लिभरपुललाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र करिम बेन्जमाले २-२ गोल गरेका थिए भने इडर मिलिताओले एक गोल गरेका थिए ।

    images

    त्यसैगरी लिभरपुलका लागि डरविन नुनेजले एक गोल गरेका थिए भने मोहमद सलाहले एक गोल गरेका थिए ।

    यस खेलमा २-० गोल अन्तरले पछि परेको रियल म्याड्रिडले कम्ब्याक गर्दै ५ गोल गरेको थियो । अब राउण्ड १६ को दोस्रो लिग आगामी मार्च १६ मा रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल