भदौ २४ काठमाडौं । आज मुलुकभर पछिल्लो २४ घन्टामा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल ११९४४ जनामा गएिको कोरोना परिक्षणमा १२७१ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै १४ जनको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १०९०३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १८४५ जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३५००६ पुगेका छन् । नेपालमा हाल सम्म संक्रिय संक्रमितको संख्या २८६७८ रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

