मेलम्ची । मेलम्चीमा अयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन ।
लायन्स क्लब अफ मेलम्चीको आयोजना, मेलम्ची नगर उद्योग बाणिज्य संघ, मेलम्ची ब्याडमिन्टन एकेडेमीको सह आयोजना र मेलम्ची नगरपालिकाको साझेदारी सहयोगमा मेलम्चीमा आज भएको रक्तदानमा कर्मचारी, स्थानीय, सुरक्षाकर्मी लगायत गरि ७१ जनाले रक्तदान गरेको लायन्स क्लब अफ मेलम्चीका प्रेसिडेन्ट सुवास बानियाँले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तदाताहरुलाई मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ र प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका सहायक लेखापाल श्यामशरण थापाले २४औं रक्तदान गर्नुभयो ।


