बुधबार, भाद्र २४ गते २०८३
images

'ए' डिभिजन लिग भोलिदेखि, पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्दै

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 290
    SHARES
  • 'ए' डिभिजन लिग भोलिदेखि, पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्दै

    काठमाडौं । नयाँ सिजन २०७९ को शहीद स्मारक ए डिभिजन लिग भोलिदेखि सुरू हुँदैछ । भोलिबाट सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेलमा नव प्रवेशी टिम एफसी खुमलटार युथ क्लब र कुपण्डोलको फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    उद्घाटन खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरू हुनेछ । यो पटकको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा गरी तीन स्थानमा हुने लिग छ । 

    यस सिजनको लिगमा साविक विजेता मछिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज फुटबल क्लब, हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, जावालाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब छन् ।

    images

    यस्तै यसपटक लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले तीन लाख पाउने छ । मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

    लिग अघिको आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहभागि १२ क्लबका प्रशिक्षक र कप्तानले लिगका लागि तयारी राम्रो भएको र लिगमा राम्रो नतिजा ल्याउने बनाएका छन् ।

    यस्तै यसपटको ए डिभिजन लिगका रहेक खेल स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल