बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : आज पनि ३ खेल हुँदै

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 251
    SHARES
  • ए डिभिजन लिग : आज पनि ३ खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज दिनको तेस्रो खेलमा ३ खेल हुँदैछ । 

    images

    आज पनि दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछ । च्यासल मैदनमा हुने दिनको पहिलो खेलमा एनआटी र सातदोबाटो युथ क्लब बिच हुने छ । यो खेल दिउँसो २:३० बजे हुनेछ । यस्तै सोहि समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी र संकटा फुटबल क्लबबीच हुनेछ ।

    दिनको अन्तिमा तथा तेस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । यो खेल साँझ ५:३० बजे सुरु हुनेछ । 

    images

    यी खेल सँगै पहिलो चरणका खेलहरु सकिनेछन् । 

    यस सिजनको लिगमा साविक विजेता मछिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज फुटबल क्लब, हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, जावालाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब छन् ।

    यस्तै यसपटक लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले तीन लाख पाउने छ । मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

    लिग अघिको आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहभागि १२ क्लबका प्रशिक्षक र कप्तानले लिगका लागि तयारी राम्रो भएको र लिगमा राम्रो नतिजा ल्याउने बनाएका छन् ।

    यस्तै यसपटको ए डिभिजन लिगका रहेक खेल स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल