बुधबार, भाद्र २४ गते २०८३
images

यू-२० महिला टोलीको बिदाइ

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 240
    SHARES
  • यू-२० महिला टोलीको बिदाइ

    यू२० महिला टोलीको बिदाइ

    images

    काठमाडौं । एएफसी यू(२० महिला एसियन कप छनोटमा सभागि हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

    आइतबार अखिल नेपाल फुटबल संघ -एन्फा_ले एक कार्यक्रम गर्दे नेपाली यू-२० महिला टोलीलाई बिदाइ गरेको छ । समूह बी मा रहेको नेपालले छनोटको खेल प्यालेस्टाइनमा खेल्नेछ । नेपाली टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

    images

    नेपाल रहेको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड छन् । छनोटका खेलहरु मार्च ८ देखि १२ सम्म हुनेछ ।

    नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ । नेपालले समूहको दोस्रो खेल मार्च १२ मा नर्दन मारियाना आइल्याण्डसँग खेल्नेछ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

    यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

    नेपाली टोली : कविता बिक, सावित्री किसन, लिला जोशी, सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ, तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही, गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

  • सम्बन्धित विषय:

  • # फुटबल