बुधबार, भाद्र २४ गते २०८३
images

साविक विजेत मछिन्द्र पहिलो खेलमै पराजित

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 258
    SHARES
  • साविक विजेत मछिन्द्र पहिलो खेलमै पराजित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिदं स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत जावलाखेल युथ क्लबले साविको विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।

    images

    आइतबार भएको दिन अन्तिम खेलमा जावलाखेल मछिन्द्रलाई ३-१ खेलले हराएको हो । 

    जावलाखेलको जितमा कप्तान सिमान्त थापा, नोकटो स्नोयुस र हिसुब थपलियाले समान १/१ गोल गरे । यता मछिन्द्रको लागि देबेन्द्र तामाङले गरेको गोल सान्त्वना बन्यो । 

    images

    पहिलो हाफमा १-० गोलले पछि परेको जावलाखेलले दोस्रो हाफमा सानदार पुनरागमन गर्यो । 

    खेलको २३औं मिनेटमा देबेन्द्रले फ्रिकिकमा सानदार गोल गरि सुरुवाती अग्रता दिलाएका थिए । 

    तर मछिन्द्र दोस्रो हाफमा उक्त अग्रता जोगाउन सकेन । 

    यो हार सँगै जावलाखेल प्रतियोगिताको सुखद सुरुवात गरेको छ भने मछिन्द्र हारबाट सुरुवात गरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल