काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिदं स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत सातदोबाटो युथ क्लबले विजयी सुरुआत गरेको छ ।
आइतबार च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २-१ गोलले पराजित गर्दै लिगमा विजयी शुरुवात गरेको हो ।
सातदोबाटोको जितमा दुवै गोल दीपकराज ठकुरीले गरेका हुन् भने न्युरोडका लागि एक गोल निकोलस सङले गरेका थिए ।
खेलको ४५औं मिनेटमा गोल गर्दै दीपकले सातदोबाटोलाई सुरुवात अग्रता दिलाएका थिए भने पहिलो हाफकै इन्जुरी समयमा सङले गोल गर्दै एनआरटीका लागि बराबरी गोल गरेका थिए ।
त्यसपछि खेलको ८४औं मिनेट दीपकले गोल गर्दै सातदोबाटोलाई जिताएका थिए ।
त्यस्तै आजै सम्पन्न खेलमा आर्मी र संकटा भने गोलरहित बराबरी खेलेका थिए ।


