काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता रियल म्याड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ ।
आइतबारा राति भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।
यो बराबरीको फाइदा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई भएको छ । पछिल्ला दुई खेलमा बराबरीमा रोकिएपछि रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनामाथि लिगमा दबाब बनाउन असफल भएको छ ।
उक्त बराबरी सँगै रियल म्याड्रिडको २४ खेलमा ५३ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा स्पष्ट रुपमा ९ अंकले पछाडी परेको छ । यता रियल बेटिसको २४ खेलमा ४१ अंक छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।


