बुधबार, भाद्र २४ गते २०८३
images

इन्द्रावती अध्यक्ष कपको उपाधिका लागि वडा ९ र १२ भिड्ने

एक्सप्रेस पाना
फाल्गुण २२, २०७९ सोमबार
  • 229
    SHARES
  • इन्द्रावती अध्यक्ष कपको उपाधिका लागि वडा ९ र १२ भिड्ने

    नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ८ को सहिद स्मृति रंगशालामा जारी तेस्रो इन्द्रावती अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ९ र १२ बीच हुने भएको छ ।

    images

    आज भएको पहिलो सेमिफाइनलको खेलमा १२ ले ४ लाई २-० गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै आजै भएको दोस्रो सेमिफाइनलको खेलमा इन्द्रावती ९ ले इन्द्रावती १० लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

    निर्धारित समयमा दुवै टिमको तर्फबाट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा १२ ले बाजी मार्यो । 

    images

    फाइनल खेल भोलि वडा ९ र १२ विच हुने भएको छ । भोलि नै तेस्रो स्थानको लागि ४ र इन्द्रावती १० विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । भने भोलि नै इन्द्रावती गाउँपालिका भित्रका कर्माचारी र जनप्रतिनिधि विच पनि मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुनेछ । १२ टिम सहभागी रहेको यस प्रतियोगिताको विजेताले नगद एक लाख शिल्ड, मेडल, प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ६० हजार र तेस्रो हुने टिमले ३० हजार पाउनेछन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल