बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 287
    SHARES
  • ए डिभिजन लिग : आज दुई खेल हुँदै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । 

    images

    दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २:३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यी दुवै नव प्रवेशी क्लब हुन । 

    images

    च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २:३० बजे नै प्रतिस्पर्धा हुनेछ ।

    यस सिजनको लिगमा साविक विजेता मछिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज फुटबल क्लब, हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, जावालाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब छन् ।

    यस्तै यसपटक लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले तीन लाख पाउने छ । मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

    लिग अघिको आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहभागि १२ क्लबका प्रशिक्षक र कप्तानले लिगका लागि तयारी राम्रो भएको र लिगमा राम्रो नतिजा ल्याउने बनाएका छन् ।

    यस्तै यसपटको ए डिभिजन लिगका रहेक खेल स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।


     

  • सम्बन्धित विषय:

  • # फुटबल