बुधबार, भाद्र २४ गते २०८३
images

खुमलटारमाथि चर्च ब्वाइजको सहज जित

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 602
    SHARES
  • खुमलटारमाथि चर्च ब्वाइजको सहज जित

    काठमाडौं । राजधानीमा जारी सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइजले एफसी खुमलटारलाई पराजित गरेको छ । 

    images

    मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । 

    चर्च ब्वाइजका लागि खेलको ११औं मिनेटमा आशिष चापागाईं, १८औं मिनेटमा एरिक विष्ट र ७१औं मिनेटमा आशिष चापागाईंले आफ्नो लागि दोस्रो र चर्च ब्वाइजका लागि तेस्रो गोल गरेका थिए । 

    images

    त्यस्तै एफसी खुमलटारका लागि खेलको ४०औं मिनेटमा मेसुके ओलोउमोउले गोल गरेका थिए । 

    उक्त जितसँगै चर्च ब्वाइजको ए डिभिजन लिगमा यो लगातार दोस्रो जित हो । चर्च ब्वाइजको २ खेलमा ६ अंक भएको छ भने एफसी खुमलटारले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल