काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले पुरुष वर्ष खेलाडीको अवार्ड जितेको छन् । बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्तर्गत फुटबर अन्जनले यो अवार्ड जितेका हुन् ।
२०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाए । उनलाई बजाजका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरेका थिए ।
अञ्जनसँगै क्रिकेटका दीपेन्द्र सिंह ऐरी, व्याडमिन्टका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकै किरण चेम्जोङ मनोनयनमा परेका थिए ।
उक्त अवार्ड जितेपछि अन्जनले सबै फ्यानहरुलाई सम्झिए ।
फ्यानका कारण नै अहिलेसम्म यहाँ आइपुगेको र सवैका साथ सधै रहने विश्वास पनि व्यक्त गरे । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरु विदेश पलायन गएको बताउँदै त्यता तर्फ ध्यान दिन एन्फाको नेतृत्वलाई आग्रह गरे ।


