बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

एक्सप्रेस पाना
फाल्गुण २४, २०७९ बुधबार
  • 404
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । 

    images

    बुधबार नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच अपरान्ह साढे २ बजेदेखि दशरथ रंगशालामा हुने छ भने दोस्रो खेल नेपाल एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच अपरान्ह साढे दुई बजेदेखि ललितपुरस्थित च्यासल मैदानमा हुने छ ।

    नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल हारेको थियो भने हिमालय शेर्पा क्लब भने बराबरी खेलेको थियो ।

    images

    त्यस्तै एपीएफले आफ्नो पहिलो खेल जितेको थियो भने सातदोबाटो युथ क्लबले पनि आफ्नो पहिलो खेल जितेको थियो ।

    त्यस्तै आज तेस्रो तथा अन्तिम खेल मनाङ मर्स्याङ्दी क्लब र संकटा फुटबल क्लबबीच साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ । मनाङ आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको थियो भने संकट क्लब पनि आफ्नो पहिलोमा बराबरीमा रोकिएको थियो ।

    यस्तै हिजो भएको खेलमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३-१ गोलले हराउँदै लगातार दोस्रो जित निकालेको थियो भने थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल