काठमाडौँ । पोर्चुगलको क्लब बेनिफिका र इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
मंगलबार राति भएको राउण्ड १६ को दोस्रो लिग खेलमा बेनिफिकाले क्लब ब्रुगेलाई ५-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
बेनिफिकाको जितमा गोन्कालो रामोसले दुई गोल गरेका थिए भने राफा सिल्भा, जोआओ मारिओ र डेभिड नरेसले एक एक गोल गरेका थिए ।
त्यस्तै क्लब ब्रुगेका लागि जोर्न मेइजेरले एक गोल गरेका थिए ।
बेनिफिकाले यस अघि सम्पन्न पहिलो लिगमा २-० ले जित हासिल गरेको थियो । दुवै लिगमा गरेर बेनिफिका ७-१ को समग्र जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
यस्तै अर्को खेलमा चेल्सीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।


