बुधबार, भाद्र २४ गते २०८३
images

यु-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

एक्सप्रेस पाना
फाल्गुण २४, २०७९ बुधबार
  • 268
    SHARES
  • यु-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

    काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।

    images

    नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेसनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

    केही समयअघि साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

    images

    यस प्रतियोगिताको समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल यही मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

    समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । छानिएका टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उक्त प्रतियोगिता सन् २०२४ मार्च ३ देखि १६ सम्म हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल