बुधबार, भाद्र २४ गते २०८३
images

शेर्पाको पहिलो जित, पुलिसको लगातार दोस्रो हार

एक्सप्रेस पाना
फाल्गुण २४, २०७९ बुधबार
  • 229
    SHARES
  • शेर्पाको पहिलो जित, पुलिसको लगातार दोस्रो हार

    काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो राउण्डको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । 

    images

    बुधबार दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पुलिसलाई १-० गोलले पराजित गरेको हो ।  

    हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे ।

    images

    अमृतले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जुन गोल हिमालयनको जितमा निर्णायक बन्यो ।

    खेलमा शेर्पाले ३१औं मिनेटमा गोलको लागि पेनाल्टीको अवसर पाएको थियो तर उक्त पेनाल्टीमा शेर्पाका आशिष लिम्बु चुके । उनको पेनाल्टी पुलिसका गोलकिपर सत्रुधन चौधरीले बचाए ।

    उक्त जितसँगै शेर्पाले २ खलबाट ४ अंक बनाएको छ । यसअघि पहिलो खेलमा शेर्पा मना सँग १-१ गोलको बराबरी खेलेको थियो । यता पुलिसले भने लगातार दोस्रो खेलमा पराजित भएको हो । पुलिस पहिलो खेलमा चर्च ब्वाइज सँग पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल