बुधबार, भाद्र २४ गते २०८३
images

मनाङको पहिलो जित

एक्सप्रेस पाना
फाल्गुण २४, २०७९ बुधबार
  • 199
    SHARES
  • मनाङको पहिलो जित

    शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले पहिलो जित निकालेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको अन्तिम खेलमा मनाङले संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    मनाङको जितमा उज्वेकिस्तानका साइदजामोल दाभ्लातजोनोभले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

    images

    मनाङको पहिलो जित हो भने संकटाको पहिलो हार हो ।  

    दाभ्लातजोनोभले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

    सोही अग्रता अन्तिमसम्म कायम राख्दै मनाङले स्पष्ट ३ अंक लिन सफल भयो ।

  • सम्बन्धित विषय:

  • # फुटबल