काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन लिगमा जर्मन क्बल बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बायर्न म्युनिखले राउण्ड १६ को दोस्रो लिगमा फ्रेन्च क्बल पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
बायर्न म्युनिखको जितमा एरिक म्याक्सिम र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।
बायर्न म्युनिखले पहिलो राउण्डमा १-० गोल अन्तरले जितेको थियो भने समग्रमा ३-० को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
उक्त हरासँगै पिएसजीको च्याम्पियन्स लिगमा असफलता यस बर्ष पनि दोहोरिएको छ ।


