काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानीमा जारी यस सिजनको सहिद स्मरका ए डिभिजन लिग फुटबलमा आज दोस्रो चरणको अन्तिम दुई खेल हुँदैछ ।
आज हुने खेल एक खेल च्यासल मैदानमा र अर्को खेल एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ ।
एन्फा मुख्यालयमा हुने खेलमा एनआरटीले जावलाखेल युथ क्लबसँग खेल्ने छ । उता च्यासल मैदानमा त्रिभुवन आर्मीले साविक विजेता मछिन्द्र फुटबल क्बलसँग खेल्नेछ ।
आजको खेलमा मछिन्द्र र आर्मी पहिलो जितको खोजिमा रहेका छन् भने एनआरटी पहिलो जितको खोजिमा हुँदा जावलाखेल लगातार दोस्रो जित निकाल्ने दाउँमा रहेको छ ।


