बुधबार, भाद्र २४ गते २०८३
images

जावलाखेलको लगातार दोस्रो जित, एनआरटीको दोस्रो हार

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 256
    SHARES
  • जावलाखेलको लगातार दोस्रो जित, एनआरटीको दोस्रो हार

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानीमा जारी यस सिजनको सहिद स्मरका ए डिभिजन लिग फुटबलमा अन्तर्गत जावलाखेल युथ क्लबले एनआरटीलाई पराजित गरेको छ ।

    images

    विहिबार एन्फा कम्लेक्समा सम्पन्न खेलमा जावलाखेलले एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।

    जावलाखेलको जितमा सिमान्त थापा र फोडे फोफानाले एक एक गोल गरेका थिए भने एनआरटीका लागि संजिव विष्टले एक गोल फर्काएका थिए ।

    images

    उक्त जितसँगै जावलाखेल युथ क्लबको २ खेलमा ६ अंक भएको छ भने एनआरटीले भने दुई खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल