बुधबार, भाद्र २४ गते २०८३
images

मछिन्द्रको लगातार दोस्रो हार, आर्मीको पहिलो जित

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 220
    SHARES
  • मछिन्द्रको लगातार दोस्रो हार, आर्मीको पहिलो जित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानीमा जारी यस सिजनको सहिद स्मरका ए डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार बेहोरेको छ ।

    images

    विहिबार च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २-० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार बेहोरेको हो ।

    आर्मीलाई जित दिलाउने क्रममा दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।

    images

    आर्मीका लागि खेलको ४८औं मिनेटमा दिपक गुरुङले हेडमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको ५९औं मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २-० को जित दिलाएका थिए ।

    उक्त जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मीले संकटा क्लबसँग बराबरी खेलेको थियो ।

    त्यस्तै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले भने लगातार दोस्रो हार बेहोर्दै लिगमा खराब शुरुवात गरेको छ । पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल