बुधबार, भाद्र २४ गते २०८३
images

अल नासर दोस्रो स्थानमा झर्यो

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 233
    SHARES
  • अल नासर दोस्रो स्थानमा झर्यो

    काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत क्रिस्टियानो रोनाल्डो सम्लित अल नासर पराजित भएको छ । 

    images

    बिहिबार राति भएको खेलमा अल इत्तिहादले अल नासरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    अल इत्तिहादको जितमा खेलको ८०औं मिनेटमा रोमारिन्होले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    उक्त जितसँगै अल इत्तिहाद साउदी लिगमा शिर्ष स्थानमा पुगेको छ । अल इत्तिहादको २० खेलमा ४७ अंक रहेको छ । त्यस्तै अल नासरको भने २० खेलमा ४६ अंक छ र लिगमा दोस्रो स्थानमा झरेको छ ।

    यस अघि चार गोलमा ८ गोल गरेका अल नासरका क्रिस्टियानो रोनाल्डो अल नासरका लागि लगातार दुई खेलमा गोल गर्न असफल भएका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल