काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानीमा जारी यस सिजनको सहिद स्मरका ए डिभिजन लिग अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । शुक्रबार तेस्रो चरणका खेलहरु शुरु हुदैछन् ।
आज हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच एन्फा कम्लेक्समा साढे २ बजे खेल हुदैछ भने अर्को खेल चर्च ब्वाइज युनाइटेड क्लब र हिमालयन शेर्पाबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा खेल हुदै छ ।
खुमलटारले यसअघि २ खेलमा एक जित र एक हारसहित ३ अंक बटुलेको छ भने थ्री स्टार क्लबले २ खेलमा एक बराबरी र एक हार बेहोर्दै एक अंक हासिल गरेको छ ।
यस्तै चर्च ब्वाइजले यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ भने हिमालयन शेर्पाले २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक हासिल गरेको छ ।


