बुधबार, भाद्र २४ गते २०८३
images

रियलमाथि युनाइटेडको फराकिलो जित

एक्सप्रेस पाना
फाल्गुण २६, २०७९ शुक्रबार
  • 190
    SHARES
  • रियलमाथि युनाइटेडको फराकिलो जित

    काठमाडौँ । यूरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल बेटिसलाई पराजित गरेको छ ।

    images

    बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

    म्यानचेस्टर युनाइटेडको जतिमा मार्कश राशफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेज र वोउट वेगवोर्स्टले १/१ गोल गरे । त्यस्तै रियल बेटिसका लागि एयोजे पेरेजले १ गोल फर्काएका थिए ।

    images

    उक्त जितसँगै पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले ४-१ को अग्रता लिएको छ ।

    अब दोस्रो लिग मार्च १६ मा रियल बेटिसको घरेलु मैदानमा हुने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल