काठमाडौँ । यूरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिग अन्तर्गत इंटालियन क्लब युभेन्टसले एससी फ्रेइबर्गलाई पराजति गरेको छ ।
बिहिबार राति भएको खेलमा राउण्ड १६ को पहिलो लिगमा युभेन्टसले फ्रेइबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा खेलको ५३औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
पहिलो लिगमा १-० को अग्रता हासिल गरेपछि अब युभेन्टसले दोस्रो लिग मार्च १६ मा खेल्ने छ ।


