काठमाडौ । राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले एफसी खुमलटार क्लबलाई पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ।
सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा थ्री स्टारले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारलाई जिताउन ५८ र ८३औं मिनेटमा मार्टिन्स काओडी अजयेले गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो र
खेलमा धेरै राम्रा अवसरहरु प्राप्त गरेपनि खुमलटारले गोल गर्न नसकेपछि पराजित भएको हो ।
उक्त जितसँगै लिगमा थ्री स्टारको तीन खेलबाट चार अंक भएको छ भने पराजित भएको खुमलटारले तीन खेलमा तीन अंक बटुलेको छ ।


