काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानी काठमाडौंमा शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज शनिबार तेस्रो चरणको ३ खेल हुँदै छ।
आज हुने तीन खेल मध्य एक खेल च्यासल मैदानमा र २ खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा हुनेछ । जसमा २ खेल २:३० बजे र १ खेल साझ ५:३० बजेबाट सुरु हुनेछ ।
च्यासल मैदानमा हुने १ खेलमा संकटा फुटबल क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ । जारी सिजनको सुरुवाती २ खेलमै हार ब्यहोरेको पुलिस आजको खेलमा जित निकाल्दै ३ अंक जोड्ने दाउमा रहेको छ । पुलिस पहिलो खेलमा सातदोबाटोसँग र दोस्रो खेलमा हिमालयन शेर्पासँग पराजित भएको थियो ।
यस्तै २ खेलमा १ हार र १ बराबरीसँगै १ अंक जोडेको संकटा स्पष्ट तीन अंकको खोजिमा रहेको छ । संकटाले पहिलो खेलमा त्रिभुवन आर्मी सँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा मनांग मर्स्यादी क्लबसँग पराजित भएको थियो ।
आजै हुने अर्को खेलमा नेपाल एपीएफ क्लबले जावलाखेल युथ क्बलसँग खेल्ने छ । यस्तै दिनको अन्तिम खेलमा फ्रेन्डण्डस् क्लबले रोयल ब्लु सातदोबाटो युथ क्लबुसँग खेल्नेछ ।
एपीएफले जारी सिजन सुरुवाती २ खेलमा एक जित र एक हार ब्यहोरेको छ । पहिलो खेलमा थ्री स्टारलाई हराएको एपीएफले दोस्रो खेलमा भने पराजय भोगेको थियो । एपीएफ आजको खेलमा जित निकाल्दै तीन अंक जोड्ने दाउमा रहेको छ । भने यता पहिलो खेलमै साविक विजेता मछिन्द्र फुटबल क्लबलाई हराएर सान्दार सुरुवात गरेको जावलाखेल आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ । जावलाखेलले २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा खुमलटारसँग पराजित भएको फ्रेन्ड्स क्लब दोस्रो खेलमा थ्री स्टारसँग ३-३ गोल बराबरी सहि १ अंक रहेको फ्रेन्ड्स आजको खेलमा जित निकाल्दै स्पष्ट तीन अंकको खोजिमा रहेको छ भने यसअघिका २ खेलमा सहज जित निकालेको रोयल ब्लु सातदोबाटो सोहि लय दोहोर्याउने दाउमा रहेको छ ।
यसअघि शुक्रबार भएको तेस्रो चरणको पहिलो दिनको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २-० र चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पालाई १-० गोलले पराजित गरेको थियो ।


