बुधबार, भाद्र २४ गते २०८३
images

सिरी ए : स्पेजियासँग इन्टर मिलान स्तब्ध

एक्सप्रेस पाना
फाल्गुण २७, २०७९ शनिबार
  • 289
    SHARES
  • सिरी ए : स्पेजियासँग इन्टर मिलान स्तब्ध

    काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान स्पेजियासँग पराजित भएको छ । 

    images

    शुक्रबार राति भएको खेलमा स्पेजियाले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    स्पेजियाको जितमा डानियल माल्दिनी र एम्बाला एन्जोलाले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मिलानका लागि रोमेलु लुकाकाले पेनाल्टीमार्फत एक गोल गरेका थिए । यस खेलमा इन्टर मिलानका लागि लाउतारो मार्टिनजले खेलको १४औं मिनेटमा पेनाल्टी मिस गरेपछि इन्टर मिलानले शुरुवाती अग्रता हासिल गर्ने अवसर गुमाएको थियो ।

    images

    उक्त हारसँगै इन्टर मिलानको २६ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शिर्ष स्थानमा रहेको नापोलीभन्दा इन्टर मिलान १५ अंकले पछाडी रहेको छ ।

    त्यस्तै यो जितपछि स्पेजियाको २६ खेलमा २४ अंक भएको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल