काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब बराबरी खेलेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुबई टोलीले केही राम्रो अवसर पाएता पनि गोल गर्न सकेनन् ।
यस्तै खेलको ६९औं मिनेटमा एपीएफ १० खेलाडीमा सिमित बन्यो । एपीएफका एडेमा डुम्बियाले रातो कार्ड ब्यहोरेका थिए । उनले जावलाखेलका हिसुब थपलियालाई फल गरेपछि पहेँलो कार्ड ब्यहोरेका उनले रेफ्रीमाथि खनिए पछि उनले रातो कार्ड पाएका हुन् ।
त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलिले १/१ अंक बाडे ।
उक्त बराबरी सँगै ३ खेलबाट जावलाखेलले ७ अंक बनाएको छ भने एपीएफले समान खेलबाट ४ अंक बनाएको छ ।


