काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा फ्रेन्ड्समाथि सातदोबाटोले १-० गोलको रोमाञ्चक जित निकालेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा गोलहित बराबरी तर्फ अघि बढेको खेलको इन्जुरी समयको तेस्रो मिनेटमा सातदोबाटोका लागि दिपक राज ठकुरीले गोल गरि तीन अंक दिलाए ।
वर्षाको कारण मैदान हिलो भएको कारण दुबै टोली केहि राम्रो अवसर पाएता पनि सातदोबाटोले गोल भने गर्न इन्जुरी समय कुर्नु पर्या्े ।
उक्त जितसँगै सातदोबाटो जारी सिजन ३ खेलमा तीन जितसँगै ९ अंक बनाएको छ । यता पराजित फ्रेन्ड्स क्लब भने समान ३ खेलबाट २ हार र एक बराबरीसँग १ अंक रहेको छ ।
यस्तै आजै भएको अर्को खेलमा नेपाल एपीएफ क्लब र जावलाखेल यूथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडे भने अर्को च्यासल मैदानमा भएको खेलमा संकटा क्लबले नेपाल पुलिसलाई ३-० गोलले पराजित गर्दै पहिलो जित निकालेको छ ।


