बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : मछिन्द्र र मनाङ भिड्दै

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 304
    SHARES
  • ए डिभिजन लिग : मछिन्द्र र मनाङ भिड्दै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको आज अन्तिम २ खेल हुँदैछ । 

    images

    आज हुने दुई खेलमा एक खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्याल सातदोबाटोमा हुने भने अर्को खेल च्यासल मैदानमा हुनेछ । यी दुबै खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ । 

    आज हुने एन्फामा हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी फुटबल क्लबसँग खेलनेछ । जारी सिजन सुरुवाती २ खेलमै पराजय भोगेको मछिन्द्र आजको खेलमा जित निकाल्दै पहिलो जितको खेजिमा रहेको छ । मछिन्द्र पहिलो खेलमा जावलाखेल सँग ३-१ र आर्मीसँग २-० गोलले पराजित भएको थियो । 

    images

    यस्तै यता मानङ पनि मछिन्द्रलाई हराउँदै जारी सिजन दोस्रो जित निकाल्ने दाउँमा रहेको छ । पहिलो खेलमा शर्पासँग १-१ गोलको बराबरीमा रोकिएको मनाङले दोस्रो खेलमा संकटालाई १-० गोलले पराजित गरेको थियो ।

    यता आजै च्यासल मैदान हुने खेलमा साविक उपविजेता आर्मीले गत सिजन तेस्रो स्थान हात पारेको एनआरटीसँग खेल्नेछ । जारी सिजन सुरुवाती दुबै खेलमा हार ब्यहोरेको एनआटी आर्मीलाई हारउँदै पहिलो जित निकाल्ने दाउमा रहेको छ भने २ खेलमा एक हार र एक बराबरी खेलको आर्मी दोस्रो जितको खोजिमा रहेको छ । 

    यस्तै हिजो भएको खेलमा संकटा र सातदोबाटो विजयी हुँदा एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेले ।

  • सम्बन्धित विषय:

  • # फुटबल