शनिबार, भाद्र २७ गते २०८३
images

गर्भावस्थामा महिलालाई किन लाग्छ वाकवाकी ?

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 366
    SHARES
  • गर्भावस्थामा महिलालाई किन लाग्छ वाकवाकी ?

    गर्भवती अवस्थामा वाकवाकी लाग्ने समस्यालाई सामान्य एवम् साझा समस्याको रुपमा लिइन्छ । कतिपयमा यो समस्या मर्निङ्ग सिकनेसको रुपमा देखा पर्दछ । विवाहित महिलालाई वाकवाकी लाग्ने बित्तिकै सर्वप्रथम उनी गर्भवती भएको आशंका गरिन्छ ।

    images

    गर्भवती महिलालाई वाकवाकी किन लाग्छ ? सामान्य मानिने यसभित्रको कारण के हो ? भन्ने कुरा हामीले बुझ्नु जरुरी रहेको छ । अध्ययनका अनुसार महिलाको शारीरिक संरचना एवम् बनावट अनुसार महिलामा गर्भवतीमा भिन्न-भिन्न लक्षणहरु देखा पर्दछ ।

    यद्यपि पेटमा गर्भ बसेको महिलामा यो लक्षण गर्भवती भएकोको पहिलो ३ महिनामा देखा पर्दछ । वाकवाकी लाग्ने र बान्ता आउने जस्ता लक्षण देखिएका महिलामा गर्भपतन हुने जोखिम कम रहने विभिन्न अध्ययनहरुले जनाएको छ ।

    images

    आखिर गर्भवती र वाकवाकीबीच के छ सम्बन्ध ?
    गर्भावस्थामा वाकवाकी लाग्नाले तपाईको शरीरमा स्वस्थ गर्भको लागि आवश्यक हार्माेनहरुको वृद्धि भइरहेकोतर्फ संकेत गर्दछ । यससम्बन्धि गरिएको विभिन्न अध्ययन अनुसार गर्भवती महिलामा वाकवाकी लाग्ने समस्याको कारण उनीहरुमा पाइने ह्युमन क्रोनिक गोनाडोट्रोपिन तत्वको प्रभाव हो ।

    गर्भवती महिलाले गर्भाशयको अस्तरमा अण्डा लगाएपछि एचसिजिको उत्पादन गर्न थाल्दछ । मर्निङ्ग सिकनेस देखा पर्ने महिलामा अन्य महिलाको तुलनामा एचसिजिको स्तर बढिरहेको हुन्छ । यस्तै, गर्भावस्थामा बढ्ने ‘एस्ट्रजेन’ नामक हार्माेनको कारण पनि गर्भ बसेका महिलामा वाकवाकी लाग्ने हुन्छ ।

    यद्यपि लगातार बान्ता आउने समस्या भने हार्माेनसँग सम्बन्धित हुदैन । तसर्थ, लगातार बान्ता आउने र वाकवाकी लाग्ने समस्याले महिलामा अन्य जोखिम समेत निम्त्याउन सक्ने भएकाले त्यस्ता समस्या देखा परेमा तुरुन्त सम्बन्धित चिकित्ससँग सल्लाह लिनुपर्दछ ।