काठमाडौं । साविक विजेत मछिन्द्र फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
आइतबार एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा मछिन्द्र मनाङ मर्स्याङदी फुटबल क्लबसँग गोलरहति बराबरी खेल्दै दुबै टोलीले १/१ अंक बाडेका हुन् ।
उक्त बराबरीसँगै सुरुवाती दुई खेलमा पराजय भोगेको मछिन्द्रले मनाङबाट १ अंक खोस्न सफल भएको हो । यस्तै सुरुवाती दुई खेलमा एक जित र एक बराबरीसँगै ४ अंक बनाएको मनाङ मर्स्याङदीले यो बराबरीसँगै ५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा भएको खेलमा आर्मी र एनआटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । यो सँगै तेस्रो चरणको सबै खेल सकिएको छ ।


