बुधबार, भाद्र २४ गते २०८३
images

नर्दन मारियाना आइल्याण्डलाई हराउँदै नेपाल दोस्रो चरण्मा

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 255
    SHARES
  • नर्दन मारियाना आइल्याण्डलाई हराउँदै नेपाल दोस्रो चरण्मा

    काठमाडौं । एएफसी यू२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गरेको छ ।

    images

    आइतबार फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा भएको खेलको नेपालले नर्दन मारियानामाथि ५-० गोलको सानदार जित निकालेको हो । पहिलो हाफमा ५ गोल गरेको नेपालले दोस्रो हाफमा एक थप गोल गर्न सफल भयो । 

    नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई दुई गोल गरेकी छन् भने सरस्वती हमाल र जेनिफर रानाले एक एक गोल गरिन् ।

    images

    उक्त जितसँगै नेपाल समूह बी बाट समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको हो । नेपालले पहिलो खेलमा प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो ।

    दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

    उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल