बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग तेस्रो चरण : पुलिस अझै अंक विहिन, मछिन्द्रलाई पहिलो अंक, चर्च र सातदोबाटोको विजयी यात्रा जारी

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 501
    SHARES
  • ए डिभिजन लिग तेस्रो चरण : पुलिस अझै अंक विहिन, मछिन्द्रलाई पहिलो अंक, चर्च र सातदोबाटोको विजयी यात्रा जारी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना गत १९ गते बाट सुरु भएको यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु सकिएका छन् । 

    images

    आज आइतबार तेस्रो चरणको अन्तिम २ खेल सम्पन्न भएसँगै तेस्रो चरणका खेलहरु सकिएका हुन् । 

    घरेलु फुटबलकै सर्वाधिक ठूलो लिग सहिद स्मारक ए डिभिजन लिग यस पटक मुख्य प्रायोजक विनै सुरु भएको हो । यस सिजन लिगका खेलहरु तीन वटा मैदानमा सञ्चालन भएका छन् भने लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । 

    images

    साविकको विजेता मछिन्द्र फुटबल क्लबले तेस्रो चरणको खेलमा आइपुग्दा समेत जितको स्वाद चाख्न पाएको छैन । 

    गत सिजन अपराजित रह्दै च्याम्पियन बनेको मछिन्द्रले कुल प्रतियोगिता भरि नै जम्मा ३ गोल ब्यहोरेको थियो भने यस सिजन पहिलो खेलमै जावलाखेसँग ३-१ ले गुमाएको थियो । यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मीसँग २-० गोलको लज्जास्पद हार ब्यहोरेको थियो । तर तेस्रो चरण्को खेलमा भने मनाङ मर्स्याङदी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै पहिलो १ अंक जोड्न सफल भयो । 

    आइतबार एन्फा मुख्यालयमा भएको खेलमा मछिन्द्र र मनाङ गोलरहित बराबरी खेल्दै १/१ अंक बाडेका हुन् । यस्तै सोहि समय च्यासल मैदानमा भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एनआटीसँग रोमाञ्चक ३-३ गोलको बराबरी खेल्दै अंक बाढ्यो । 
     
    जारी सिजनको पहिलो खेलमा चर्च ब्वाइज युनाईटेडसँग २-१ गोलले च्यासल मैदानमा पराजित भएको विभागिय टोली नेपाल पुलिस क्बल तेस्रो खेलसम्म आइपुग्दा पराजय भोगि रहेको छ । दोस्रो खेल हिमालयन शेर्पासँग १-० गोलले स्तब्त भएको पुलिस तेस्रो चरणको खेलमा संकटा फुटबल क्लबसँग ३-० गोलले लज्जास्पद हार ब्यहोर्नु परेको थियो । 

    यता पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज तीन खेलमा जित निकाल्दै शीर्ष स्थानमा पकड जमाएको छ । उसले पहिलो खेलमा पुलिस, दोस्रो खेलमा खुमलटार र तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको थियो । 

    प्रदिप हुमागाईको प्रशिक्षणमा रहेको चर्च ब्वाइजको कप्तानी राष्ट्रिय टोलीका रक्षक अनन्त तमाङले गरि रहेका छन् । 

    यस्तै रोयल ब्लु सातदोबाटो पनि आफ्नो विजयी यात्रा जारी राखेको छ । उसले तीन खेलमा तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको छ । गत सिजन चौथो स्थान हासिल गरेको सातदोबाटो यस सिजन उपाधि दाबेदारको रुपमा रहेको छ ।

    तेस्रो चरणका कुल सात खेलमा ११ गोल भएको थियो । तेस्रो चरणमा थ्री स्टार क्बलले एफसी खुमलटारलाई २-० गोलले हराउँदै पहिलो जित निकाल्न सफल भयो भने संकटाले पनि पुलिसलाई ३-० ले हराउँदै पहिलो जित निकाल्यो । 

    अंक तालिका 

    May be an image of text


    चौथो चरणका खेलहरु 
    १. हिमालय शेर्पा भर्सेस एफसी खुमलटार २९ गते च्यासल रंगशालामा
    २. सातदोबाटो भर्सेस थ्री स्टार २९ गते दशरथ रंगशालामा
    ३. संकटा भर्सेस चर्च ब्वाईज ३० गते एन्फा कम्प्लेक्स रंगशालामा
    ४. जावलाखेल भर्सेस फ्रेन्ड्स क्लब ३० गते दशरथ रंगशालामा
    ५. मछिन्द्र भर्सेस नेपाल पुलिस क्लब ३० गते दशरथ रंगशालामा
    ६. आर्मी भर्सेस एपीएफ चैत १ गते च्यासल रंगशालामा
    ७. एनआरटी भर्सेस मानङ चैत १ गते दशरथ रंगशालामा

  • सम्बन्धित विषय:

  • # फुटबल