बुधबार, भाद्र २४ गते २०८३
images

सन्दीपको ५ विकेटमा पीएनजीद्वारा नेपाललाई ९६ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 227
    SHARES
  • सन्दीपको ५ विकेटमा पीएनजीद्वारा नेपाललाई ९६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पीएनजीले नेपालको कसिलो बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन् । पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्रै ९९ रन बनाउन सक्यो ।  

    नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे उनले १० ओभर बलिङ गरेर ५ विकेट लिए । 

    images

    यस्तै ललित नारायण राजवंशी र कुशल मल्लले समान २ र सोमपाल कामी १ विकेट लिए । 

    यता पीएनजीका लागि असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८, चाल्स अमिनि १६, हिरि हिरिले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन नबाउन सकेनन् । 

    नेपालले यस अघि आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

    नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३४ खेलबाट ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ । नेपालले आगामी चार बर्षका लागि आफ्नो एकदिवसीय मान्यता सुनिस्चित गरेको छ ।

    त्यस्तै युएई ३४ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ भने युएईले शिर्ष पाँचमा रहेर सिधै एकदिवसीय मान्यता कायम राख्ने अवसर गुमाएको छ । अब युएईले विश्वकप छनौटको प्लेअफ खेल्नुपर्ने छ ।

    त्यस्तै पिएनजी ३४ खेलमा ११ अंकसहित पुछारमा रहेको छ । नेपालले भने अब आजसहितका दुई जितेर शिर्ष तीनमा रहेदै विश्वकप छनौट खेल्ने लक्ष्यमा नजिक रहेको छ । 

    लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

    अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ । त्यस्तै आइतबार युएई नेपालसँग हारेसँगै अमेरिकाको एकदिवसीय मान्यता जोगिएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल