बुधबार, भाद्र २४ गते २०८३
images

खुमलटारको दोस्रो जित, शेर्पा पराजित

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 287
    SHARES
  • खुमलटारको दोस्रो जित, शेर्पा पराजित

    काठमाडौं । राजभानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत यस सजिनको चौथो चरणको पहिलो खेलमा एफसी खुमलटार विजयी भएको छ । 

    images

    सोमबार च्यासल मैदानमा भएको दिनको पहिलो खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोलले पराजित गरेको हो । 

    शेर्पाको जितमा मनिस थापा र स्टीफन समीरले गोल गरे । उता शेर्पाको लागि विश्वाष श्रेष्ठले सान्त्वना गोल फर्काए । 

    images

    पहिलो हाफको २१औं मिनेटमा शेर्पाको लागि मनिसले गोल गर्दै खेलमा १-० गोलको सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६५औं मिनेटमा समीरले गोल गरि खुमलटारको अग्रता दोब्बर पार तर देलको ८०औं मिनेटमा शेर्पाको लागि विश्वाषले फ्रि किकमा गोल गरि खेल २-१ गोलको अबस्थामा ल्याए । 

    त्यसपछि बाँकी समय थप गोल नहुँदा खुमलटार विजयी भयो । योसँगै खुमलटारले दोस्रो जित निकालेको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यता पराजित शेर्पाले भने पहिलो हार ब्यहोरेको छ । जारी सिजन ४ खेलबाट शेर्पाले ४ अंक बनाको छ । 

    यस्तै आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लबले सातदोबाटो यथ क्बल सँग साझ ५:३० बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल