काठमाडौँ । दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्सकप फुटबल प्रतियोगिता चैत ८ बाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।
एन्फाका अनुसार चैत १७ सम्म हुने प्रतियोगितामा नेपालसँग भुटान र लाओसको सहभागिता रहनेछ ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।
प्रतियोगिताको खेलतालिका अनुसार नेपालले लाओससँग चैत ८ मा खेल्ने छ भने चैत्र ११ मा भुटान र लाओसबीच खेल हुनेछ । त्यस्तै चैत्र १४ गते नेपाल र भुटानबीच खेल हुने छ । त्यस्तै शिर्ष दुई टिमको फाइनल खेल चैत्र १७ गते हुने छ ।
यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । यसअघि २०७७ सालमा आयोजना गरेको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।
एन्फाले यस प्रतियोगिताको लागि टिकटको मुल्य पनि तोकेको छ । साधारण प्याराफिटतर्फ ५०० र भीआइपी प्याराफिटतर्फ १००० हजार तोकेको छ ।


