बुधबार, भाद्र २४ गते २०८३
images

ए डिभिजन लिग : आज तीन खेल हुदै

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 252
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुदै

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज चौथो चरणका तीन खेल हुदै छ ।

    images

    आज २:३० बजे दुई खेल हुदैछन । जसमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेड एन्फा क्लबमा खेल्दै छन् भने अर्को खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा खेल्दै छन् ।हालसम्म संकटा क्लबले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक हासिल गरेको छ भने चर्च ब्वाइज युनाइटेडले शुरुका तीनै खेल जितेर ९ अंक हासिल गरेको छ ।

    त्यस्तै जावलाखेल युथ क्लबके ३ खेलमा ७ अंक हासिल गरेको छ भने फ्रेन्ड्स क्लबले भने ३ खेलमा एक अंक हासिल गरेको छ ।

    images

    त्यस्तै तेस्रो खेल साँझ ५:३० बजे दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच हुदै छ ।

    त्यसैगरी मछिन्द्र क्लबले तीन खेलमा एक अंक हासिल गरेको छ भने नेपाल पुलिस क्लबले अहिलेसम्मका तिनै खेलमा हार बेहोरेको छ ।
     

  • सम्बन्धित विषय:

  • # फुटबल