नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
गत संस्कराणको लिग विजेता मछिन्द्र क्लबका मुख्य प्रशिक्षक कटुवालले अब मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् ।
गत कात्तिकमा घरेलु मैदान दशरथ रंगशालामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवाल टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
यस्तै एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले यसै महिना प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ ।


