बुधबार, भाद्र २४ गते २०८३
images

लिभरपुललाई ६-२ ले हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 201
    SHARES
  • लिभरपुललाई ६-२ ले हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    काठमाडौँ । साविक विजेता रियल म्याड्रिड यूरोपको सबैभन्दा ठूलो क्बल फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

    images

    राउण्ड १६ को दोस्रो लिग अन्तर्गत लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजासहित रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

    रियल म्याड्रिडको जितमा खेलको ७८औं मिनेटमा करिम बेन्जमाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    यसअघि सम्पन्न पहिलो लिगमा रियल म्याड्रिड ५-२ ले विजयी भएको थियो ।

    योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिडसहित चेल्सी, म्यानचेस्टर सिटी, इन्टर मिलान, एसी मिलान, नापोली, बायर्न म्युनिख र बेनिफिका पुगेका छन् ।

    अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने छ भने क्वाटरफाइनलका खेलहरु अप्रिल १८ र १९ मा हुने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल