काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी यस सिजनको चौथो चरणका खेल सम्म आइपुग्दा कुनै पनि अंक जोड्न सकेको छैन् ।
पहिलो खेलमा च्यासल रगंशालमा १ एक शून्य गोलको अग्रता जोगाउन नसक्दा नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेडसँग २-१ गोलले पराजित भएको पुलिस त्यसपछि चौथो खेल सकिदा सम्म हारको लय छाड्न सकेको छनै । जारी सिजन १४ टिम मध्य पुलिसले खेलेका ४ वटै खेलमा हारेको छ । दोस्रो खेलमा हिमालयन शेर्पासँग दशरथ रंगशालामा एक शून्य गोलले पराजित भएको थियो ।
तेस्रो खेलमा पुन च्यासल मैदानमा संकटा क्लबसँग ३-० ले पराजित भएको पुलिस चौथो खेलमा साविको विजेता मछिन्द्र फुटबल क्बलसँग दशरथ रंगशालामा पहिलो हाफमै लिएको एक शून्य गोल अग्रता जोगाउन नसक्दा २-१ गोलले पराजित भयो ।
मछिन्द्रले निकाल्यो पहिलो जित
साविको विजेता मछिन्द्रले जारी लिगमा चौथो चरणमा आएर पहिलो जित निकालेको छ । सुरुवातका २ खेलमा हार ब्यहोरेको मछिन्द्र तेस्रो खेलमा मनाङ मर्स्यादी क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
पहिलो खेलमा दशरथ रंगशालामा जावलाखेलसँग सुरुवाती अग्रता जोगाउन नसकेको मछिन्द्र ३-१ खेलले पराजित भएको थियो । दोस्रो खेलमा च्यासल रंगशालामा आर्मीसँग २-० गोलले पराजित हुँदै लिगका सुरुवाती २ खेलमा हारेर खराब लय राखेको थियो । तर तेस्रो खेलमा भने एन्फा कम्प्लेक्समा मनाङसँग गोलरहित बराबरी खेल्दै जारी लिगमा पहिलो अंक जोडेको थियो ।
मछिन्द्रले चौथो चरणमा आएर लगातार तीन खेलमा हार ब्यहोरेको नेपाल पुलिसमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै लिगमा पहिलो जित दर्ता गर्यो ।
रोकियो चर्चको विजयी यात्रा
जारी लिगमा सुरुवाती तीनै खेल जितेको चर्च ब्वाइजे चौथो चरणको खेलमा संकटा फुटबल क्लबसँग बराबरीमा खेलेको थियो ।
गत मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च संकटासँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै चर्च चौथो चरणमा आइपुग्दा अपराजित रहने टोली रहेको छ ।
पहिलो खेलमा एनआरटी, दोस्रो खेलमा खुमलटार र तेस्रो खेलमा हिमालयन शेर्पालाई पराजित गरेको थियो ।
जावलाखेलको पहिलो हार
सुरुवाती २ खेलमा शतप्रतिशत जित निकालेको जावलाखेले चौथो खेलमा पराजित हुन पुगेको छ ।
गत मंगलबार भएको ललितपुर ड्रबीमा फ्रेन्ड्स क्बल कुपन्डोलसँग २-१ गोलले पराजित हुँदै लिगमा पहिलो हार ब्यहोरेको छ ।
पहिलो खेलमा साविको विजेता मछिन्द्रमाथि ३-१ गोलको पूनरागमन जित निकालेको जावेलाखेलले दोस्रो खेलमा एनआरटीलाई सातदोबाटो एन्फा कम्प्लेक्समा २-१ गोलले हराएको थियो । तेस्रो खेलमा एपीएफसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो ।
मनाङको दोस्रो जितसँगै अपारजित यात्रा जारी
पछिल्लो समय नाम चलेका खेलाडीले मनाङ छाडे पछि संकटमा रहेको मनाङमा युवा खेलाडी र केहि बिदेशी खेलाडीले सम्हाली रहेका छन् ।
टिमका मुख्य प्रशिक्षकमा किरण श्रेष्ठलाई नियुक्त गरेको मनाङले यस सिजनको चौथो खेलमा आइपुग्दा ८ अंक जोडेको छ । युवा खेलाडीलाई समेटेर टोली निमार्ण गरेका प्रशिक्षक किरणले यस लिगमा आफ्नो टिम चौथो स्थानको लागि खेल्ने बताएका छन् ।
जारी लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको मानङले दोस्रो खेलमा संकटालाई १-० गोलले पराजित गरेको थियो ।
तर तेस्रो खेलमा साविक विजते मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो । चौथो चरणको खेलमा एनआरटीमाथि ३-१ गोलको सानदार जित निकाल्दै सानदार लाय कायम गरेको छ । यो सँगै जारी लिगमा चौथो चरण सकिदा चर्च र मनाङमात्रै अपराजित रहेका छन् ।
आर्मीको पहिलो हार
गत सिजन दोस्रो स्थानमा रहेको आर्मीले चौथो चरणमा आएर पहिलो हार ब्यहोरेको छ । बुधबार च्यास मैदानमा भएको खेलमा आर्मी एपीएफसँग एक शून्य गोलले स्तब्ध भयो ।
आर्मी पहिलो खेलमा संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा मछिन्द्रदाई २-० गोलले पराजित गरेको थियो । तर तेस्रो खेलमा एनआटीसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलकृो थियो ।
यस सिजनको लिगमा साविक विजेता मछिन्द्र क्लबसहित मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज फुटबल क्लब, हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स क्लब, एफसी खुमलटार, जावालाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब छन् ।
यस्तै यसपटक लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमले तीन लाख पाउने छ । मोस्ट भ्यालुएबल खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र इमर्जिङ प्लेयरले एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।
यस्तै यसपटको ए डिभिजन लिगका रहेक खेल स्पेस फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।


