बुधबार, भाद्र २४ गते २०८३
images

खप्तड गोल्डकपमा १० टिम सहभागी हुने

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 196
    SHARES
  • खप्तड गोल्डकपमा १० टिम सहभागी हुने

    काठमाडौं । छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा सहभागी हुने १० टिमको टुङ्गो लागेको छ । 

    images

    आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रतियोगितामा सहभागी हुने ६ ए डिभजिन, २ विदेशी र मोफसलका दुई टिमको टुङ्गो लागेको जनाएको छ । 

    धनगढी रंगशालामा चैत ९ गतेदेखि १८ गतेसम्म सञ्चालित हुने प्रतियोगितामा सविको विजेता मनाङ मस्र्याङ्दी क्लब, उपविजेता फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, खुमलटार एफसी, बागमती युथ क्लब, आयोजक सुदूरपश्चिम ११, जर्जियन फुटबल क्लब, एभिनिर एफसीले प्रतिस्पर्धा गर्नेछन् । 

    images

    सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालित प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ र विधागततर्फको उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उदयीमान खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौं संस्करणको प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढेको आयोजक क्लबका अध्यक्ष सुरेस हमालले बताएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # फुटबल