बुधबार, भाद्र २४ गते २०८३
images

मछिन्द्र र चर्च ब्वाइजले खेले बराबरीमा

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 246
    SHARES
  • मछिन्द्र र चर्च ब्वाइजले खेले बराबरीमा

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरण खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाईट बराबरीमा रोकिएका छन् । 

    images

    शुक्रबार च्यासल रंगशालामा भएको खेलमा मछिन्द्र र चर्च गोलरहित बराबरीमा रोकिएका हुन् । 

    खेलमा १० खेलाडीमा सिमित बनेको मछिन्द्रलाई चर्चले हराउँन भने सकेन । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल निकाल्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

    images

    church.jpg

    ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए ।

    उक्त बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ ।
    मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल