बुधबार, भाद्र २४ गते २०८३
images

जावलाखेलले थ्री स्टारलाई हरायो

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 216
    SHARES
  • जावलाखेलले थ्री स्टारलाई हरायो

    काठमाडौं । राजधानीमा जारी यस सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरण खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार फुटबल क्लबलाई हराएको छ । 

    images

    शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले थ्री स्टारलाई १-० गोलले पराजित गरेको हो ।  

    जावलाखेलको जितमा एन्कोटो मासोबीले निर्णायक गोल गरे ।

    images

    उनले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसपछि बाँकी समय थप गोल नहुँदा जावलाखेल विजयी भयो

    उक्त जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ । यता पराजित थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल