काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन लिग अन्तर्गत अन्तिम ८ को ड्र सार्वजनिक भएको छ ।
आज यूईएफए गरेको ड्र अनुसार साविको विजेता स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीसँग खेल्न छ । गत सिजन पनि रियल र चेल्सी क्वाटरफाइनलमै भिडेका थिए । जसमा रियलले चेल्सीलाई समग्रमा ५-४ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
यस्तै अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब बार्यन म्युनिख सँग खेल्नेछ ।
यता इटालियन सिरी ए क्लब एसी मिलानले सिरी ए कै क्लब नापोलीसँग खेल्नेछ भने अर्को इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिक्का सँग खेल्नेछ ।
गत सिजन रियलले फाइनलमा लिभरपुललाई हराउँदै १४औं पटक च्याम्पियन लिगको उपाधि जितेको थियो ।



