बुधबार, भाद्र २४ गते २०८३
images

रोनाल्डोलाई समेट्दै पोर्चुगलको टिमको घोषणा

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 242
    SHARES
  • रोनाल्डोलाई समेट्दै पोर्चुगलको टिमको घोषणा

    काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोलाई समेट्दै पोर्चुगलले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

    images

    राष्ट्रिय टिमका प्रशिक्षक रोबेर्ट मार्टिनेजले युरो कप छनौटका लागि रोनाल्डोलाई टिममा समावेश गर्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।

    पोर्चुगलले युरो कप छनौट अन्तर्गत पहिलो राउण्डको खेलमा आगामी मार्च २४ मा लिएचटेनस्टेइनसँग र मार्च २७ मा लकजम्बर्गसँग खेल्दै छ ।

    images

    विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि पोर्चुगलको टिममा ठुलो विवाद भएको थियो । सोहि विवादका बीच पोर्चुगल विश्वकपको क्वाटरफाइनलबाट बाहिरियो र तत्कालिन प्रशिक्षक फेर्नान्डो सान्तोषले राजीनामा दिएका थिए । त्यसपछि रोबेर्टो मार्टिनेज पोर्चुगलको प्रशिक्षक बनेका छन् ।

    पोर्चुगलको टिम :
    गोलकिपर: रुइ पाट्रीसियो, जोसे सा र डिओगो कोस्टा
    डिफेन्डर: एन्टोनियो सिल्भा, डानिलो पेरेइरा, डिओगो लेइट, गोन्कालो इनासियो, जोआओ कान्सेलो, डिओगो डालोट, पेपे, नुनो मेन्डेज, राफेल गुएरेइरो, रुबेन डियाज ।
    मिडफिल्डर: ब्रुनो फेर्नानडेज, जोआओ पल्हिन्हा, जोआओ मारिओ, म्याथ्युज नुनेज, ओटाभिओ, रुबेन नेभेज, भिटिन्हा, बेर्नान्डो सिल्भा ।
    फरवार्डस् क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, गोन्कालो रामोस, जोआओ फेलिक्स र राफेल लिआओं ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल